८ बैशाख २०८१, शनिबार

आज बिहिबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६७९३ जना आइसोलेसनमा रहेकामध्ये ६२१८ संस्थागत आइसोलेसनमा र १०५७५ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८० जना रहेका छन् ।

१६१४ जना कोरोना संक्रमितमध्ये ९७४ जना पुरुषहरु र ६४० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३३७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६२० जना, ललितपुर जिल्लाका ११४ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १४३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा १५३, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा २९९ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५ र सिरहामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ३० रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ६२०, काभ्रेपलान्चोकमा १५, चितवनमा ५२, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा ११४, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ९०३ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासी पूर्वमा ५१, पर्वतमा १, वागलुङमा ६ र स्याङजामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १२५ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५७, नलवपरासीमा ७, पाल्पामा ११, प्यूठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रोल्पामा ७ र रुपन्देहीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १७३ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १५ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धरामा ६, बझाङमा १९ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ६९ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !