१२ बैशाख २०८१, बुधबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८२२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ५९९ जनासहित ८२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ५९९ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ७८५जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४६० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख १० हजार ४६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७२३७ जना आइसोलेसनमा रहेकामध्ये ६२९३ संस्थागत आइसोलेसनमा र १०९४४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०१ जना रहेका छन् ।

१७०३ जना कोरोना संक्रमितमध्ये १००७ जना पुरुषहरु र ६९६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४३ जना पुरुषहरु र ३७९ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १० हजार ६७१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंमा ६३५ जनासहित उपत्यकामा ८३५ जना कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !