१४ बैशाख २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २७९१ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७९१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०८४३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ८१ हजार २९९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७८५९ जना आइसोलेसनमा रहेकामध्ये ११३४१ संस्थागत आइसोलेसनमा र ६५१८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२७ जना रहेका छन् ।

१७९० जना कोरोना संक्रमितमध्ये १०६९ जना पुरुषहरु र ७२१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५३७ जना पुरुषहरु र ४१० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६९२ जना, ललितपुर जिल्लाका १९० जना र भक्तपुर जिल्लाका ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार ७८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !