७ बैशाख २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना संक्रमणमुक्त


संक्रमणमुक्त File Photo

काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !