कोरोना भाइरसका कारण थप २४ जानको मृत्यु, मृत्यु हुनेको संख्या १३६१ पुग्यो Nepalpatra कोरोना भाइरसका कारण थप २४ जानको मृत्यु, मृत्यु हुनेको संख्या १३६१ पुग्यो
१२ माघ २०७७, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०८४३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ८१ हजार २९९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७८५९ जना आइसोलेसनमा रहेकामध्ये ११३४१ संस्थागत आइसोलेसनमा र ६५१८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२७ जना रहेका छन् ।

१७९० जना कोरोना संक्रमितमध्ये १०६९ जना पुरुषहरु र ७२१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५३७ जना पुरुषहरु र ४१० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६९२ जना, ललितपुर जिल्लाका १९० जना र भक्तपुर जिल्लाका ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !