१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना संक्रमणमुक्त, निको नुहेको संख्या १ लाख ९९ हजार नाघ्यो


कोरोना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार आज ५ हजार ६ सय ९९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा आजसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १९९६३ जना आइसोलेसनमा रहेकामध्ये ६३५१ संस्थागत आइसोलेसनमा र १३६१२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८६ जना रहेका छन् ।

१६६९ जना कोरोना संक्रमितमध्ये १०१४ जना पुरुषहरु र ६५५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५४२ जना पुरुषहरु र ४१५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ७७३ जना, ललितपुर जिल्लाका १३१ जना र भक्तपुर जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु