२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३२१ पुग्यो Nepalpatra २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३२१ पुग्यो
१९ मंसिर २०७७, शुक्रबार

२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३२१ पुग्यो


मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १९९६३ जना आइसोलेसनमा रहेकामध्ये ६३५१ संस्थागत आइसोलेसनमा र १३६१२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८६ जना रहेका छन् ।

१६६९ जना कोरोना संक्रमितमध्ये १०१४ जना पुरुषहरु र ६५५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५४२ जना पुरुषहरु र ४१५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ७७३ जना, ललितपुर जिल्लाका १३१ जना र भक्तपुर जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । 

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १३ सय नाघ्यो



प्रतिक्रिया दिनुहोस !