१२ बैशाख २०८१, बुधबार

थप १६६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख २० नाघ्यो


प्रा. डा. जागेश्वर गौतम कोरोना अपडेट

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १९९६३ जना आइसोलेसनमा रहेकामध्ये ६३५१ संस्थागत आइसोलेसनमा र १३६१२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८६ जना रहेका छन् ।

१६६९ जना कोरोना संक्रमितमध्ये १०१४ जना पुरुषहरु र ६५५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५४२ जना पुरुषहरु र ४१५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ७७३ जना, ललितपुर जिल्लाका १३१ जना र भक्तपुर जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा आज थपिए १६७४ जना नयाँ कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु