बंगलादेशमा ४ लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड-१९ संक्रमण Nepalpatra
१२ मंसिर २०७७, शुक्रबार

बंगलादेशमा ४ लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड-१९ संक्रमण


बङ्गलादेश कोरोना संक्रमित

ढाका । बंगलादेशमा शनिबारसम्म कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४ लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड-१९ सङ्क्रमित ६ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएकमो छ ।

बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् ।

तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।



प्रतिक्रिया दिनुहोस !