१५ बैशाख २०८१, शनिबार

आज शुक्रबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९४५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३४० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ४३ हजार ८९९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४६६५ जना आइसोलेसनमा रहेकामध्ये ५६५१ संस्थागत आइसोलेसनमा र १९०१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५३ जना रहेका छन् ।

१९४५ जना कोरोना संक्रमितमध्ये १२०५ जना पुरुषहरु र ७४० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६२३ जना पुरुषहरु र ४८४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ८६२ जना, ललितपुर जिल्लाका १७४ जना र भक्तपुर जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५३६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २०, संखुवासभामा ३४, सोलुखुम्बुमा ३ र सुनसरीमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १६८ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा १७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ५९ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ८६२, काभ्रेपलान्चोकमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १ सय ७४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १३१७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ८८, गोरखामा ११, तनहुँमा ७, नवलपरासी पूर्वमा १४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ११, वागलुङमा ५ र स्याङजामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १४५ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ७, गुल्मीमा ४, दाङमा ५१, नलवपरासीमा १९, पाल्पामा १५, बर्दियामा ९, बाँकेमा ८ र रुपन्देहीमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १८१ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १२ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धरामा ५, डोटीमा १, दार्चुलामा १९, बझाङमा २, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ६३ रहेको छ ।

यो पनि पढ्नुहोस्

आज बिहिबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !