१३ बैशाख २०८१, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५३६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९१ हजार २ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३४० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ४३ हजार ८९९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४६६५ जना आइसोलेसनमा रहेकामध्ये ५६५१ संस्थागत आइसोलेसनमा र १९०१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५३ जना रहेका छन् ।

१९४५ जना कोरोना संक्रमितमध्ये १२०५ जना पुरुषहरु र ७४० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६२३ जना पुरुषहरु र ४८४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ८६२ जना, ललितपुर जिल्लाका १७४ जना र भक्तपुर जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९४५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !