२६ बैशाख २०८१, बुधबार

आज बिहिबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१०३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८०५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ३३ हजार ५५९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २८१०६ जना आइसोलेसनमा रहेकामध्ये २७५९ संस्थागत आइसोलेसनमा र २५३४७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७६७ जना रहेका छन् ।

२१०३ जना कोरोना संक्रमितमध्ये १२३९ जना पुरुषहरु र ८६४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७१६ जना पुरुषहरु र ५१३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९६५ जना, ललितपुर जिल्लाका १८९ जना र भक्तपुर जिल्लाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २८५८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा २, झापामा ५१, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, धनकुटामा १, पाँचथरमा १२, भोजपुरमा १, मोरङमा १२८, संखुवासभामा ९ र सुनसरीमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा २९० रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १६, पर्सामा १६, बारामा ३, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा २०, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ७७ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ९६५, काभ्रेपलान्चोकमा १६, चितवनमा ८०, दोलखामा १, धादिङमा ९, नुवाकोटमा १४, भक्तपुरमा ७५, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १८९, सिन्धुलीमा ३, रसुवामा २ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १३८७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा १४, तनहुँमा ११, नवलपरासी पूर्वमा १२, पर्वतमा २, मुस्ताङमा ४, लमजुङमा १२, वागलुङमा १३ र स्याङजामा १० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १५४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा १२, दाङमा ३२, नलवपरासीमा १२, पाल्पामा १०, बर्दियामा ६, बाँकेमा २१ र रुपन्देहीमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १६५ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा ४ र रुकुम पश्चिममा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ६ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ३, कैलालीमा ५, डडेल्धुरा ४, दार्चुलामा २, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा २४ रहेको छ ।

यो पनि पढ्नुहोस्

आज बुधबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !