२२ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८०५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ३३ हजार ५५९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २८१०६ जना आइसोलेसनमा रहेकामध्ये २७५९ संस्थागत आइसोलेसनमा र २५३४७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७६७ जना रहेका छन् ।

२१०३ जना कोरोना संक्रमितमध्ये १२३९ जना पुरुषहरु र ८६४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७१६ जना पुरुषहरु र ५१३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९६५ जना, ललितपुर जिल्लाका १८९ जना र भक्तपुर जिल्लाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २१०३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २८५८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !