७ जेष्ठ २०८१, सोमबार

आज बुधबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४४२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख २३ हजार ७५४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २८८७८ जना आइसोलेसनमा रहेकामध्ये २४५७ संस्थागत आइसोलेसनमा र २६४२१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०१३ जना रहेका छन् ।

१४४२ जना कोरोना संक्रमितमध्ये ९०८ जना पुरुषहरु र ५३४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६३५ जना पुरुषहरु र ४०३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ८२२ जना, ललितपुर जिल्लाका १६८ जना र भक्तपुर जिल्लाका ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३५३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ३, झापामा १६, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, संखुवासभामा १ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ५६ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १०, पर्सामा १, बारामा ४, महोत्तरीमा ६, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ४१ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ८२२, काभ्रेपलान्चोकमा ६, चितवनमा १०५, धादिङमा ७, नुवाकोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछापमा ३, ललितपुरमा १६८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ११७२ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३, नवलपरासी पूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, वागलुङमा ५ र स्याङजामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १०० रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा ४, बर्दियामा २, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ६३ रहेको छ ।

कर्णाली प्रदेश

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको छैन ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको भने कैलालीमा ८ र दार्चुलामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १० रहेको छ ।

यो पनि पढ्नुहोस्

आज मंगलबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु