२४ बैशाख २०८१, सोमबार

काठमाडौँमा १५७० सहित उपत्यकामा आज १८७८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १९ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १५७० जनासहित १८७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १५७० जना, ललितपुर जिल्लाका १८९ जना र भक्तपुर जिल्लाका ११९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ६७ हजार ३ सय ५८, ललितपुरमा ९ हजार ५ सय ३ जना र भक्तपुरमा ६ हजार ८५ जना संक्रमित पुगेको छ ।

सक्रिय संक्रमितहरुमा काठमाडौंमा १६ हजार ४२०, ललितपुरमा २ हजार २ सय ७४ र भक्तपुरमा १ हजार १११४ जना पुग्गेको छ । त्यस्तै कोरोनावाट निको हुनेहरुमा काठमाडौँमा ५० हजार ६८२ जना, ललितपुरमा ४ हजार ९०३ र भक्तपुरमा ७ हजार १६५ जना पुगेको छ ।

हिजो काठमाडौं उपत्यकामा १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा २५६, भक्तपुरमा ६८ र ललितपुरमा ६४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ९४ हजार १२२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६९११ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १३०५ जना रहेका छन् ।

३३०९ जना कोरोना संक्रमितमध्ये २००५ जना पुरुषहरु र १३०४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११४१ जना पुरुषहरु र ७३७ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३३०९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२९२३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४४९७८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १२४२ सहित उपत्यकामा आज १४६८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !