२२ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक १९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ९४ हजार १२२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६९११ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १३०५ जना रहेका छन् ।

३३०९ जना कोरोना संक्रमितमध्ये २००५ जना पुरुषहरु र १३०४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११४१ जना पुरुषहरु र ७३७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १५७० जना, ललितपुर जिल्लाका १८९ जना र भक्तपुर जिल्लाका ११९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३३०९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२९२३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४४९७८ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !