१३ बैशाख २०८१, बिहिबार

काठमाडौँमा ६७३ सहित उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६७३ जनासहित ८९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६७३ जना, ललितपुर जिल्लाका १४६ जना र भक्तपुर जिल्लाका ७६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिएका १५३५ जना कोरोना संक्रमितमध्ये ९०६ जना पुरूषहरु र ६२९ जना महिलाहरु रहेका छन् ।

हिजो काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ५६ हजार ९७५ पुगेकोमध्ये ३८ हजार ४०३ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या १८ हजार ३७४ रहेको छ भने १९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार २९ पुगेकोमध्ये ५ हजार ४५४ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या २ हजार ५२० रहेको छ भने ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

साथै भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ३८९ पुगेकोमध्ये ३ हजार ८९७ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या १ हजार ४३५ रहेको छ भने ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९८ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४३२९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९६९ जना रहेका छन् ।

१७४१ जना कोरोना संक्रमितमध्ये १ हजार ६४ पुरुषहरु र ६ सय ७७ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३८० पुरुषहरु र ५१५ महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५९८३० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १२२५ सहित उपत्यकामा आज १५३५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु