१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख १५ हजार नाघ्यो, थप ४००५ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९८ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४३२९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९६९ जना रहेका छन् ।

१७४१ जना कोरोना संक्रमितमध्ये १ हजार ६४ पुरुषहरु र ६ सय ७७ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३८० पुरुषहरु र ५१५ महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६७३ जना, ललितपुर जिल्लाका १४६ जना र भक्तपुर जिल्लाका ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५९८३० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख ११ हजार नाघ्यो, थप ३३३६ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु