नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ८६२ पुग्यो Nepalpatra
१५ मंसिर २०७७, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ८६२ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक १०। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९८ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४३२९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९६९ जना रहेका छन् ।

१७४१ जना कोरोना संक्रमितमध्ये १ हजार ६४ पुरुषहरु र ६ सय ७७ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३८० पुरुषहरु र ५१५ महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६७३ जना, ललितपुर जिल्लाका १४६ जना र भक्तपुर जिल्लाका ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५९८३० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८४७ पुग्यो



प्रतिक्रिया दिनुहोस !