८ बैशाख २०८१, शनिबार

काठमाडौँमा १२२५ सहित उपत्यकामा आज १५३५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक ९ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १२२५ जनासहित १५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १२२५ जना, ललितपुर जिल्लाका १४७ जना र भक्तपुर जिल्लाका १६३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिएका १५३५ जना कोरोना संक्रमितमध्ये ९०६ जना पुरूषहरु र ६२९ जना महिलाहरु रहेका छन् ।

हिजो काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ५६ हजार ३०२ पुगेकोमध्ये ३६ हजार २८३ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या १९ हजार ८२६ रहेको छ भने १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ८८३ पुगेकोमध्ये ५ हजार ३९९ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या २ हजार ४३० रहेको छ भने ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

साथै भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ३१३ पुगेकोमध्ये ३ हजार ७६३ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ भने ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९३ हजार १७३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४५५७२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३०६४ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २८५६ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५८०८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३३३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १११६७० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा आज १११० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !