६ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या १ लाख ५९ हजार नाघ्यो, आज थपिए नयाँ १७४१ संक्रमित


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, कार्तिक १० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५९८३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९८ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४३२९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९६९ जना रहेका छन् ।

देशभर आज थपिएका संक्रमितमा प्रदेश नं १ को उदयपुरका एक, झापामा ५०, ताप्लेजुङ्को एक, मोरङ्का १३, सुनसरीका एक सय ८५, प्रदेश नं २ को धनुषाका १२, बाराका पाँच, महोत्तरीका १४, सप्तरीका २९ र सिरहाका दुई, बागमती प्रदेशको काभ्रेका ५९, चितवनका २४, दोलखाका ७, धादिङ्का २४, नुवाकोटका ८, मकवानपुरका २९, रोमछापका ४, सिन्धुपाल्चोेकका दुई तथा सिन्धुलीका पाँच, गण्डकी प्रदेशका कास्कीका १०१, गोरखाका एक, तनहुँका १५, नवलपरासी पूर्वका ६०, लुम्बिनी प्रदेशका अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङ्का तीन, नवलपरासीका सात, पाल्पाका एक, प्युठानका चार, बाँकेका १२ तथा रुपन्देहीका ५८, कर्णाली प्रदेशका दैलेखका पाँच, जुम्लाका एक र रुकुम पश्चिमका एक तथा सुदूरपश्चिम प्रदेशका अछामका एक, कञ्चनपुरका एक तथा दार्चुलाका एक जना रहेका छन् ।

१७४१ जना कोरोना संक्रमितमध्ये १ हजार ६४ पुरुषहरु र ६ सय ७७ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३८० पुरुषहरु र ५१५ महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६७३ जना, ललितपुर जिल्लाका १४६ जना र भक्तपुर जिल्लाका ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो, आज थपिए नयाँ २८५६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !