२२ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार नि:शुल्क गर्ने


कर्णाली प्रदेश

सुर्खेत, कार्तिक ८ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको परीक्षण र उपचार नि:शुल्क गर्ने बताएको छ । कर्णाली प्रदेशको आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक्षण सहितका कोरोना संक्रमितको परीक्षण तथा उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो ।

संघीय सरकारले संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने नीति लिएपनि कर्णाली सरकारले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेशमा शुक्रबारसम्म ८६ हजार ६२२ जनाको पीसीआर परीक्षण भएकोमा ५ हजार ६७३ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !