२६ बैशाख २०८१, बुधबार

कैलालीका ३१ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि


धनगढी कैलाली

धनगढी, कार्तिक ३ । कैलाली जिल्लाका ३१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १२ जना महिलाहरु र ३६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८४ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ३१ जना, कंचनपुरका १५ जना, दार्चुला र डडेल्धुराका १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका १९ जनामध्ये १५ जना पुरुषहरु र ४ जना महिलाहरु रहेका छन् । त्यस्तै कैलालीकै जानकीका ४ जना, टीकापुरका ३ जना, गोदावरीका ३ जना, भजनी र लम्कीचुहाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लालझाडी गाउँपालिकाका ३ जना, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी दार्चुलाको दुहुँ गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ७३ सहित सुदूरपश्चिममा थप ८८ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !