११ बैशाख २०८१, मंगलबार

कैलालीका ७३ सहित सुदूरपश्चिममा थप ८८ जनामा कोरोना पुष्टि


धनगढी कैलाली

धनगढी, कार्तिक ३ । कैलाली जिल्लाका ७३ जनासहित सुदूरपश्चिम प्रदेशका थप ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ८८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३१ जना महिलाहरु र ५७ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७६१ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ७३ जना, कंचनपुरका ११ जना, डोटीका ३ जना र बैतडीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ३६ जनामध्ये वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै वडा नम्बर २ र १३ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै कैलालीकै टीकापुरका २५ जना, गौरीगंगाका १ जना, गोदावरी नगरपालिकाका ५ जना र मोहन्यालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै कञ्चनपुरको भीमदत्त नगरपालिका ७ जना, कृष्णपुर नगरपालिकाका २ जना, शुक्लाफाँट नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी डोटीको बडिकेदारका ३ जना र बैतडीको दशरथचन्दका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८८ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका २७ सहित सुदूरपश्चिममा थप ३८ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !