१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो, आज थपिए नयाँ २९४२ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, कार्तिक २ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २९४२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२२४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५८७५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ८३ हजार ३५४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३९३४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १२९३३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २६४९८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८३१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४६९ जना, ललितपुर जिल्लाका १३० जना र भक्तपुर जिल्लाका ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २३२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९२१६६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार नाघ्यो, आज थपिए नयाँ ३१६७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु