१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार नाघ्यो, थप २३२६ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक २। नेपालमा पछिल्लो २४ घण्टामा २३२६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९२१६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

लाख ८३ हजार ३५४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३९३४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १२९३३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २६४९८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८३१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४६९ जना, ललितपुर जिल्लाका १३० जना र भक्तपुर जिल्लाका ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २९४२ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२२४६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार नाघ्यो, थप १८०० जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !