२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४१० पुग्यो


कोरोना पुष्टि

पोखरा, असोज २२। गण्डकी प्रदेशमा आज बिहान थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४१० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका ८ जना र लमजुङका १ जना रहेका छन् । सबै संक्रमितहरु सम्बन्धित अस्पतालको आईसोलेसनमा बसेका छन् ।

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४१० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !