२१ बैशाख २०८१, शुक्रबार

बझाङका १६ जनासहित थप २० जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, ५ असोज । बझाङ जिल्लाका १६ जनासहित थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

असोज ५ गते १०८ जनामा गरिएको कोरोना परीक्षणमा थप २० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ८८ जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा आज कोरोना संक्रमितहरुमध्ये बझाङका १६ जना र डडेल्धुराका ४ जनामा रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेहरुमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ जना, बझाङको जयपृथ्वी नगरपालिकाका ७ जना, केदारस्यू गाउँपालिकाका ४ जना, मष्टा गाउँपालिकाका ३ जना, वित्थडचिर र छव्विसपाथिभरा गाउँपालिकाका १/१ जनामा रहेका छन् ।

डडेल्धुरा अस्पताल

यो पनि पढ्नुहोस्

बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !