२१ बैशाख २०८१, शुक्रबार

बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, ४ असोज । बझाङ जिल्लाका थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

असोज ४ गते १७७ जनामा गरिएको कोरोना परीक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने १६० जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये बझाङका १७ जनामा कोरोना संक्रमण पुष्टी भएकाहरुमा खप्तडछान्ना गाउँपालिकामा ८ जना, थलारा गाउँपालिकामा ८ जना र छब्बीस पाथीभारा गाउँपालिकामा १ जना रहेका छन् ।

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका १७ जनामा संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !