१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०२८ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, असोज १ । कर्णाली प्रदेशमा आज दिउसो १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३०२८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ६४ जना, दैलेखका ९ जना, जाजरकोटका ६ जना र कालीकोटका ४ जना, डोल्पा, कैलाली र बाँकेका ३/३ जना, बर्दिया, कञ्चनपुर र अछामका २/२ जना, सल्यान, हुम्ला, जुम्ला, रुकुम पश्चिम, पाल्पा, रोल्पा र सर्लाहीका १/१ जना रहेका छन् ।

नयाँ कोरोना संक्रमितमध्ये सुर्खेतमा मात्रै थप ६४ जनामा संक्रमण पुष्टि भएको छ भने सुर्खेतका ४५ जना वीरेन्द्नगर नगरपालिकाका हुन् । साथै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६३३ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३८९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०२८ पुग्यो

कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०२४ पुग्यो कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०२४ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु