६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१४ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, भदौ ३१ । कर्णाली प्रदेशमा आज दिउसो ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २९१४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १३ जना, सल्यानका ३३ जना, दैलेखका १ जना, जाजरकोटका १ जना र उदयपुरका १ जना रहेका छन् ।

यस्तै चौरजाहरी नगरपलिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ३५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६०५ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३०३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

 

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !