१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३०६४ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २९ । गण्डकी प्रदेशमा आज बिहान ८ जना र दिउसो ४४ जना गरी थप ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:४५ बजे र दिउसो १:२० बजे २ वटा प्रेस बिज्ञप्ति जारी गर्दै ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ११:४५ बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जना कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३ जना, नवलपरासी सुस्ता पूर्वका ४ जना र तनहुँका १ जना रहेका छन् । सबै संक्रमित व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज दिउसो १:२० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ६ जना, लम्जुङका ३ जना, कास्कीका ३४ जना र नवलपरासी सुस्ता पूर्वका ४ जना र स्याङ्जाका १ जना रहेका छन् ।

स्याङ्जा जिल्ला, पुतलीबजारका ८० बर्षीय महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत रहेकी छिन् भने पोखरा महानगरपालिका-९ का २६ बर्षीय महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् । पोखरा महानगरपालिका-२५ का ८ बर्षीय बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका ३ नै जना व्यक्तिहरु भारतबाट आएका हुन् । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु