४ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो


कोरोना भाइरस

पोखरा, भदौ २९ । गण्डकी प्रदेशमा आज बिहान थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०११ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँको ऋषिङका ११ जना र गोरखा जिल्लाको पालुङटार र गोरखा बजारका ९ जना जामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज बिहान बिहान ६:४० बजे अध्यावधिक विवरण अनुसार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ३०११ पुग्यो, थप २० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९९१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !