२१ बैशाख २०८१, शुक्रबार

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो


अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

एजेन्सी, भदौ २४ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप परीक्षण हाललाई स्थगित गरिएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो ।

कोरोना भाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो ।

एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको छ ।

यतिबेला संसारभरी करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् । यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ ।

भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन् र यसमा कतिपय अवस्थामा त थुप्रै वर्ष लाग्न सक्छ । कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस समावेश छन् ।

अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भाइरसको भ्याक्सिनको ट्रायल दोस्रो पटक रोकिएको हो । ठूला ट्रायलमा यस्तो हुनु सामान्य कुरा हो र जब परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायल रोकिने गरिन्छ । केही दिनपछि ट्रायल पुनः सुरु हुने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !