४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या ३० हजार नाघ्यो, थप १७३६ जना घर फर्किए


जिते कोरोना

काठमाडौँ, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा १७३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३०६७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २९३ जना, ललितपुर जिल्लाका २० जना र भक्तपुर जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ९७९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या २८ हजार नाघ्यो, थप १८१४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !