११ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिलाहरु र ७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलाहरुमा काठमाडौँका ३ जना र कास्कीकी १ जना गरी ४ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा मोरङका १ जना, सिराहाका २ जना, सर्लाहीका १ जना, दोलखाका १ जना, मकवानपुरका १ जना र बाँकेका १ जना गरी ७ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलाहरुमा काठमाडौँका ३७, ९३ र ८३ वर्षीया ३ जना र कास्कीकी ६३ वर्षीया महिला रहेका छन् । यस्तै मृत्यु हुने ७ जना पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिराहाका ८७ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

 

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !