७ जेष्ठ २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या ४७ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ९७९ संक्रमित


प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग

काठमाडौँ, भदौ २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९७९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९२१८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख ७७ हजार ५६३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६२५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९०६९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७१९० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७३९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २९३ जना, ललितपुर जिल्लाका २० जना र भक्तपुर जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १७३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३०६७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४६ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ९८० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !