१८ बैशाख २०८१, मंगलबार

कोरोना सङ्क्रमणको सतर्कताः शहरमा कडाइ, गाउँमा लापर्वाही


लकडाउन

गलेश्वर, १९ भदौ । कोरोना भाइरस ९कोभिड—१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीका शहरी क्षेत्रमा उच्च सर्तकता अपनाइए पनि ग्रामीण क्षेत्रमा भने वेवास्ता गरेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणबाट जोगिन अझै पनि चेतनाको अभाव कायमै छ । महामारीले विश्वव्यापी रुपमा अत्याइरहँदा पनि यस क्षेत्रका स्थानीयवासीले सामान्य अवस्थाको जस्तै दिनचर्या बिताइरहेका छन् । शहरी क्षेत्रमा सुरक्षाका उपायहरू अवलम्बन गर्ने गरेको देखिए पनि गाउँघरमा भने सचेतनाको न्यूनता देखिएको हो ।

मानिसको बढी भीडभाड हुने पश्चिम म्याग्दीका कतिपय स्थानीय तहका वडा कार्यालयमा सावुनपानी, मास्क र सेन्टिाइजरको समेत व्यवस्था गरिएको छैन । गाउँघरमा कोरोनाविरुद्धको स्वास्थ्य सुरक्षा सामग्रीको समेत अभाव रहेको पाइएको छ । गत आइतबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका— ७ मराङको वेसीमा म्याग्दी समाज न्यूयोर्क अमेरिकाले उपलव्ध गराएको राहत रकम बुझ्न आएका ५० जनाभन्दा बढी पहिरो पीडितले न मास्क लगाएका थिए न त अन्य कुनै स्वास्थ्य सुरक्षाका साधन नै प्रयोग गरेका थिए । यहाँसम्मकी पहिरोले पुर्याएको क्षतिको लगत सङ्कलनमा खटिएका सुरक्षाकर्मी र वडासचिवले समेत मास्क लगाएका थिएनन् ।

धौलागिरि गाउँपालिका—७ मराङका वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा कोरोना विरुद्ध चेतना कम भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा पहिरो पीडितको समस्या नै कसरी समाधान गर्ने भन्ने ध्याउन्नमा सबै लागेका छौं, गाउँघरमा मास्क र सेन्टिाइजरको प्रयोग नगरी जथाभावी हिँड्ने प्रवृत्ति पनि व्याप्त छ ।”

यस्तै समस्या पश्चिम म्याग्दीका प्रायः सबै गाउँमा देखिएको छ । गाउँघरमा मेलापात, कुँवा पँधेराजस्ता भीडभाड हुने ठाउँमा समेत सामाजिक दूरीको कुनै वास्ता छैन । ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण र यसबाट जोगिने उपायबारे जनजेतना फैलाउन आवश्यक देखिएको पश्चिम म्याग्दीका पहिरो पीडितलाई सहयोग रकम वितरण गर्न मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न वडामा पुगेर फर्किनुभएका म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले कोरोना सङ्क्रमणको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । एउटा घरमा तीन÷चार वटासम्म मास्क पु¥यायौँ । तैपनि लापर्वाही भइरहेको छ । उहाँले भन्नुभयोे, “न मास्क लगाउँछन्, न त सामाजिक दूरी नै कायम गर्दछन् । सेन्टिाइजरको प्रयोग त परैको कुरा भयो ।” ग्रामीण समुदायमा कोरोना सङ्क्रमण फैलिहाल्यो भने त्यसले भयावह रुप लिने र थेग्नै नसकिने जनप्रतिनिधिको भनाइ छ ।

जिल्ला सदरमुकाम बेनीबजारमा भने कोरोना सङ्क्रमण रोक्नका लागि उच्च सर्तकता अपनाइएको छ । स्थानीय प्रशासनले म्याग्दी प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरेको छ । झोलुङ्गे पुलमा फलामे वार लगाएर ताला मारिएको छ । मास्क नलगाई बजारमा हिड्डुल गर्नेलाई सुरक्षाकर्मी नियन्त्रणमा लिएर सचेत बनाउने काम गरिएको छ । पसल, कार्यालय, बैंक तथा वित्तीय संस्थामा सावुनपानी र सेन्टिाइजर अनिवार्य राख्न लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !