, थप १३५४ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या २५ हजार नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या २५ हजार नाघ्यो, थप १३५४ जना घर फर्किए

थप १३५४ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या २५ हजार नाघ्यो

काठमाडौँ, भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा १३५४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २५५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३८६ जना, ललितपुर जिल्लाका ३२ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १३५९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४२३६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या २४ हजार नाघ्यो, थप ९१७ जना घर फर्किए