१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ४४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १३५९ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ १९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३५९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४२३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६३८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८४०४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०९४२ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७४६२ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६५६१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३८६ जना, ललितपुर जिल्लाका ३२ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३५४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २५५६१ पुगेको छ  । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४२ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १२२८ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !