१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ १९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिलाहरु र १० जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलाहरुमा चितवनकी १ जना र काठमाडौँका ३ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा सप्तरीका २ जना, धनुषा, रसुवा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतका १/१ जना गरी १० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलाहरुमा चितवनकी ३५ वर्षीया, काठमाडौँका ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया महिला ३ जना गरी जम्मा ४ जना रहेका छन् ।

यस्तै मृत्यु हुने १० जना पुरुषहरुमा सप्तरीका ५५ वर्षका २ जना, धनुषाका ६५ वर्षीय, रसुवाका ३१ वर्षीय, कास्कीका ३७ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुष १/१ जना गरी जम्मा १० जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !