१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या २३ हजार नाघ्यो, थप १११२ जना घर फर्किए


कोरोना डिस्चार्ज

काठमाडौँ, भदौ १७ । नेपालमा पछिल्लो २४ घण्टामा १११२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २३२९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३५० जना, ललितपुर जिल्लाका २९ जना र भक्तपुर जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना भाइरस संक्रमण नयाँ ११२० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१६४९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या २२ हजार नाघ्यो, थप ७६८ जना घर फर्किए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !