१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो


आत्महत्या

काठमाडौँ, भदौ १७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ६ जना महिलाहरु र ६ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै उनका अनुसार काठमाडौं र चितवनमामा ३/३ जनाको मृत्यु भएको छ ।

मृतक महिलाहरुमा काठमाडौंमा १ जना, चितवनमा २ जना तथा ललितपुर, तनहुँ र कपिलवस्तुमा १/१ जना गरी ६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै मृतक पुरुषहरुमा काठमाडौंमा २ जना, चितवनमा १ जना, बारा, भक्तपुर र धादिङमा १/१ गरी जम्मा ६ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ६ जना महिलाहरुमा चितवनकी १८ वर्षीया महिला, चितवनकी ५५ वर्षीया महिला, काठमाडौंकी ८९ वर्षीया महिला, ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीया महिला र कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छिन् ।

यस्तै मृत्यु हुने ६ जना पुरुषहरुमा बाराका ९७ वर्षीय पुरुष, चितवनका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष, काठमाडौंका ७५ वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !