६ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ४१ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ११२० संक्रमित


काठमाडौँ, भदौ १७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११२० जनामा पुष्टि भएको छ । जसमा ३२० जना महिलाहरु र ८०० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१६४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२८७९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख १८ हजार ४३९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८१०८ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १०४९३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७६१५ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७७६६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३५० जना, ललितपुर जिल्लाका २९ जना र भक्तपुर जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १११२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २३२९० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०६९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !