, थप ७६८ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या २२ हजार नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या २२ हजार नाघ्यो, थप ७६८ जना घर फर्किए

थप ७६८ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या २२ हजार नाघ्यो

काठमाडौँ, भदौ १६ । नेपालमा पछिल्लो २४ घण्टामा ७६८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२१७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै उच्च ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३९३ जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना भाइरस संक्रमण नयाँ १०६९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०५२९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या २१ हजार नाघ्यो, थप ५८८ जना घर फर्किए