६ जेष्ठ २०८१, आइतबार

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो


कोरोना भाइरस

भदौ ३, काठमाडौं । नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन् ।

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभे्र, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एकएक पुरुष र तनहुँकी एक महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । कुल संक्रमित मध्ये हालसम्म १७ हजार ५ सय ८० जना निको भइसकेका छन् । नागरिक दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !