१५ बैशाख २०८१, शनिबार

चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण पुष्टि


प्रहरीमा कोरोना संक्रमण

चितवन, भदौ २। चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १ गते परीक्षण गरिएका ३५५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ५० वटा नमुनाको नतिजा पोजेटिभ र ३०५ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका ४६ जना, मकवानपुरका १ जना र बाराका २ जना र गोरखाका १ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

चितवनमा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सशस्त्र प्रहरीका ४२ जना रहेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका-६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमती प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्रोतले जानकारी दिएको छ ।

संक्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको नगरपालिकाका स्रोतले जानकारी दिएको छ । आज एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको छ ।

यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् । उनीहरू सबै भरतपुरकै विभिन्न अस्पतालमा उपचाररत छन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !