७ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ २। चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १  गते परीक्षण गरिएका ३५५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ५० वटा नमुनाको नतिजा पोजेटिभ र ३०५ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका ४६ जना, मकवानपुरका १ जना र बाराका २ जना र गोरखाका १ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

चितवनमा आज मंगलबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित राप्तीमा देखिएका छन् । राप्तीको प्रहरी क्वारेन्टिनका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४० जना पुरुषहरु र २ जना महिलाहरु छन् । उनीहरु १९ वर्षदेखि ५५ बर्षसम्म उमेर समूहका हुन् । यस्तै भरतपुर महानगरपालिका-५,७,८ र १० का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।

साथै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १ जना, बाराका २ जना र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !