२१ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या १७३३५ पुग्यो, थप १३४ जना घर फर्किए


घर फर्किए

साउन ३२, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो कुल संक्रमितको ६५ % रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ६४१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६६० पुगेको छ ।

काठमाडौं उपत्यकामा आज थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२६ जना, ललितपुर जिल्लाका ३८ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा १२२४७ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ५ लाख १७ हजार ९ सय ७ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १५२४३ जना र देशभर सक्रिय संक्रमितको संख्या ९२२१ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणवाट मृत्य हुनेको संख्या १०४ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १७२०१ पुग्यो, थप १२४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !