७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज १७२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, साउन ३२ । काठमाडौं उपत्यकामा आज १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२६ जना, ललितपुर जिल्लाका ३८ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज ११९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !